६ कार्तिक, काठमाडौं । बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गीतकार जयाराम श्रेष्ठको नयाँ गीत मेरो देश हाल चर्चामा रहेको छ ।
निशान भट्टराईको स्वरमा संगीतकार सम्भुजित बास्कोटाको संगीत रहेको गीतले युटुबमा भियोर्स कम आएपानी गीतको सकारात्मक चर्चा भैरहेको छ । संगीतकार बास्कोटाले सदैब फिल्मी फ्ल्रेबरको गीत कम्पोज र गाउनमा माहिर बास्कोटा यो पटक राष्ट्र भक्त्तिको यस गीतको कम्पोजिसनले खास किसिमको उर्जा मिलेको बताएका छन् ।
छोटो समयमा गीतको लिरिकल भिडियो लाई दर्शक श्रोताहरुले मन पराएका छन्उर । करीब एक दर्जन भन्दा बढी गीतहरु रचना गरिसकेको गीतकार श्रेष्ठले यस गीत मेरो देश भने केहि महिना अघि वाहाको ममतामाई आमा बित्नु हुँदा नेपाल आएको बखत आमाको महत्व र देशको अवस्था देखेर जुन भावना आयो तेसैलाई मनन गरी आएको भाव लाई रचनामा उतारेको बताईन ।
यस गीतको लिरिकल भिडियोको सफलता पश्चात अब यसको म्युजिक भिडियो बनाउने तयारीमा रहेको वाहाले बताएका छन् । हाल गीतको शब्द टिक टकमा पनि निकै हिट पनि भएको छ ।
गितको भिडियोः





