पु.समाचार

पुलिसलाई धम्की दिने विप्लब नेता यसरी परे पक्राउ

१६ कार्तिक, काठमाडौं । प्रहरीलाई धम्की दिएका आरोपमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक नेता पक्राउ परेका छन् ।

ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्कीदिने ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) लाई प्रहरीले आज बिहान पक्राउ गरेको हो ।

गत जेठमा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेपछि विज्ञप्ति जारी गर्दै सावित्राले राईलाई धरपकड नर्गन चेतावनी दिएकी थिईन ।

साथै प्रहरीले पक्राउ गरेका बज्राचार्य भने लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको सो विज्ञप्तिमा उल्लेख गरेको थियो ।