१७ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि कोसी र नोबेल अस्पताल भर्ना भएका दुई बृद्धको उपचारका क्रममा आईतबार साँझ मृत्यु भएको हो ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो । त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ ।
पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् । वृद्धको उपचारका क्रममा मृत्यु भएको उनले बताएका छन् ।





