पु.समाचार

नेपाल आईपुगे भारतिय सेना प्रमुख नरवणे

१९ कार्तिक, काठमाडौं । भारतिय सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाल आईपुगेका छन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न तीनदिने औपचारिक भ्रमणका क्रममा आज बिहान काठमाडौं आईपुगेका हुन् ।

भारतिय वायुसेनाको बिमान माफर्त उनि आज बिहान आएका हुन् । तीनदिने भ्रमणका आएका सेना प्रमुख नरवणे नेपालका राष्टपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापनिको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम रहेको छ ।

यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेटगर्ने कार्यक्रम रहेको छ । कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेका बेला सेनाध्यक्षको भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।

साथै भारतले लिम्पयाधुरा जाने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिलाई लिएर उनको अहिले नेपालमा आलोचना समेत भएको छ भने विभिन्न राजनीतिक दलहरुले उनको नेपालभ्रमणको बिरोध जनाएका छन् ।