२० कार्तिक, काठमाडौं । आज देशका पहाडीबाहेक अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडी भेगको एकरदुई ठाउँमा भने सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् सजिना शाक्यलले जानकारी दिएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण पहाडी भेगको १र२ ठाउँमा सामान्य खालको पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । मौसमविद् शाक्यका अनुसार देशको अरु ठाउँको मौसम हिजोभन्दा आज अलि सफा हुने अनुमान छ ।
आज हिजोको तुलनामा बादल कम र घाम बढी लाग्नेछ । काठमाण्डौ उपत्यकाको आज बिहानको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो ।





