प्रदेश 2

सिरहामा आगलागीमा १५ लाखको क्षति

२७ कात्तिक, लहान । सिरहाको भगवानपुर गाउँपालिका १ सिनुरियामा आगलागी हुँदा रु १५ लाख भन्दा बढीको क्षति भएको छ । विद्युत प्रवाहमा समस्या आई गएराति आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपती साहको घर सहित अन्नपात, फर्निचर लगायतका समान जलेर भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब रु १५ लाख भन्दाको क्षति भएको प्रहरीको भनाई छ । लहान नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।