समाचार

पोखरा उपप्रमुख गुरुङमा कोरोना पुष्टि

४ मङ्सिर, गण्डकी । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए। तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।

पोखरा महानगरपालिका वडा नं ८ नयाँ सडकस्थित आफ्नै घरमा छुट्टै बस्ने गुरुङले भनेका छन्, “छिट्टै निको भएर नागरिकको सेवामा हाजिर हुने विश्वासका साथ कोरोना भाइरससँग लडिरहेकी छु ।”