समाचार

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि छठ मनाउन सभापती देउवाको आग्रह

५ मंसिर। काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामण व्यक्त गरेका छन् । छठ पर्वको अवसरमा आज विज्ञप्ति जारी गर्दै सभापती देउवाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि छठ मनाउन पनि आग्रह गरेका छन् ।

सभापती देउवाले कोरोना संक्रमणका कारण मुलुक आक्रान्त बनिरहेको र यसको नियन्त्रण र रोकथाममा ओली सरकार उदासीन बनेका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आँफै सचेत र सजग हुन जरुरी रहेका कारण विभिन्न चाडपर्वलाई भौतिक स्वास्थ्य मापदण्डको पुर्ण रुपले पालना गरी पर्व मनाउन अपिल गरेका छन् ।

नेपालका विभिन्न चाडपर्वले सामुहिक भावनालाई अँझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न टेवा पुग्ने देउवाको विश्वास छ ।