१२ मंसिर, काठमाडौं । पछिल्लो समय मुलुकमा बलात्कार जस्तो जघन्य अपराध लुकाउन विभिन्न प्रलोभनहरु देखाउने वा धम्की दिने गरेको धेरै घटनाहरु सार्वजनिक हुन थालेक छन् । बैतडी जिल्लामा यस्तै एक घटना भण्डै ६ महिनापछि सार्वजनिक भएको छ ।
बैतडी जिल्लाकाे सिगास गाउँपालीका ३ की एक १८ वर्षे किशोरीलाई गत जेठमा स्थानीय दिपक सिंह धामीले बलात्कार गरेपछि घटनालाई गुपचुप पार्न १ तोला सुनको प्रलोभन देखाएको घटना सार्वजनीक भएको छ ।
जेठमा बलात्कृत भएकि किशोरीलाई असार १४ गते गाउँमै तमसुक बनाएन सुन दिने सहमती गरिएपनि उक्त ब्यक्तिले सुन नदिएपछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएसंगै उक्त घटना सार्वजनीक भएको हो । कार्तिक मसान्तभित्र पीडित पक्षलाई सुनदिनेगरी तमसुक बनाईएको तर सुन नदिई उल्टै मार्ने सम्मको धम्की दिएपछि पीडित पक्ष प्रहरीसामु पुगेको थियो ।
उक्त घटनामा संलग्न सम्पुर्णलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा सजाय दिलाउने जिल्ला प्रहरी प्रमुख नायब उपरिक्षक नारायण प्रसाद अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार जेठ महिनामा किशोरीमाथी बलात्कार भएको भन्दै पीडित पक्षले ४ जना व्यक्तिको बिरुद्धमा किटानी जाहेरी दिएको छ । यो संगै बैतडि जिल्लामा कोरोना माहामारीकाबेलामा बालिका तथा किशोरी बलात्कारमा परेको ४ वटा घटना प्रहरीमा दर्ता भएको अधिकारीले बताएका छन् ।






