१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका केन्द्रिय सदस्य प्रकाशमान सिंहले वर्तमान ओली सरकार भ्रष्ट भएको टिप्पणी गरेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालीकाले सुरु गरेको अग्नी समन यन्त्र बितरण कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै ट्रान्सपरेन्सी ईनटरनेसनले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
वर्तमान ओली नेतृत्वको सरकारमा भ्रष्टाचार बढेको भनेर ट्रान्सपरेन्सी इन्टनेशनल, जनता, नेकपाकै नेताहरु र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मात्र भनेको नभई नेकपाको एउटा अध्यक्षले अर्को अध्यक्षलाई समेत भ्रष्टाचार गरेको आरोप लगाई रहँदा सरकारले होइन हुन्छ भन्दै आक्रोस समेत ब्यक्त गरेका छन् ।
यस्तै फरक प्रसंगमा नेता सिंहले बिगत लामो समयदेखी संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको भन्दै तत्काल संसद अधिवेशन बोलाउन पनि माग गरेका छन् ।
उनले संसद बैठक बसी जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने बताएका छन् । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्नेमा पनि जोड दिएका छन् ।





