राजनीति

नेकपा सचिवालय बैठकः अध्यक्ष ओलीद्वारा प्रचण्डको काउण्टर प्रतिवेदन पेश

१३ मंसिर, काठमडाौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा अध्यक्ष ओलीले पार्टीमा देखिएको सङ्कट समाधान गर्नेसम्बन्धी प्रतिवेदन पेश गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा नेकपाका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका निम्ति जोड दिएका थिए । नेकपा सचिवालयको अर्को बैठक यही मङ्सिर १६ गते पार्टी कार्यालय धुम्रबाराहीमा बस्नेछ ।
आज पेश गरिएको नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको प्रतिबेदनलाई प्रचण्डको आरोपको खण्डनसहितको काउण्टर प्रतिबेदनको रुपमाहेरिएको छ ।३८ पेजको प्रतिबेदनमा ५३ वटा बुंदा रहेको जनाईएको छ ।