१६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले भैरहेको सरकारी अस्पताललाई सुधार गरी निम्न आय भएका जनता समेतलाई सेवा उपलब्ध गराउन असमर्थ रहेको सरकारले के ३९६ स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गरी जनतालाई सेवा दिन सक्छ भनी जनताले कसरी पत्त्याउने ? भन्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षीत गर्दै कडा प्रश्न गरेकी छन् ।
उनले यति उति अस्पतालको आँकडा भन्दा जनतालाई भरपर्दो सुबिधा पो चाहियो सरकार भन्दै मुनाकै रुपमा हेर्ने हो भने जिल्ला स्तरको हुम्ला अस्पतालमा ८ जना डाक्टरको दरबन्दी हुँदा १ करार डाक्टर मात्र हुनु, जनकपुरमा रहेको प्रदेश अस्पतालमा ११डाक्टरको पदपूर्ति नहुनु, केन्द्र अन्तरगतको वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव हुनु र डाक्टरले सकिनसकी बढी घन्टा ड्युटी गर्न बाध्य हुनु, यतिसम्मकी गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रेकोमा अझसम्म नबन्नु, वीर अस्पतालको गेटमै ढलको फोहोर छताछुल्ल हुनुले सरकारको चरम लापरबाहीले देशैभरिका सरकारी अस्पतालले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न असमर्थ बन्दै गएको टिप्पणी गरेकी छन् ।
डा संग्रौला भनिछन्, ‘अब त सर्बसाधारण जनता बिरामी पर्दा सरकारी अस्पताल गै उपचार गर्न गराउन फलामको चिउरा साबित भएको छ किनकि सकारी अस्पताल नै आफै बिरामी भै लडिरहेका छन् । जिल्ला, प्रदेश एबम केन्द्र मातहत संचालित अस्पतालको अवस्था दिनानुदिन ओरालो झर्दै गएको छ। जनशक्ति पुर्याउने र स्वस्थ्य उपकरण एबम भौतिक संरचना बनाउने तर्फ सरकारले पटक्कै ध्यान दिएको छैन । नमुनाकै रुपमा हेर्ने हो भने जिल्ला स्तरको हुम्ला अस्पतालमा ८ जना डाक्टरको दरबन्दी हुँदा १ करार डाक्टर मात्र हुनु, जनकपुरमा रहेको प्रदेश अस्पतालमा ११डाक्टरको पदपूर्ति नहुनु, केन्द्र अन्तरगतको वीर र शिक्षण अस्पतालमा नै चिकित्सकको अभाव हुनु र डाक्टरले सकिनसकी बढी घन्टा ड्युटी गर्न बाध्य हुनु, यतिसम्मकी गत चैतमा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रेकोमा अझसम्म नबन्नु, वीर अस्पतालको गेटमै ढलको फोहोर छताछुल्ल हुनुले सरकारको चरम लापरबाहीले देशैभरिका सरकारी अस्पतालले जनतालाई सहज रुपमा सेवा प्रदान गर्न असमर्थ बन्दै गएका छन् । भैरहेको सरकारी अस्पताललाई सुधार गरी निम्न आय भएका जनता समेतलाई सेवा उपलब्ध गराउन असमर्थ रहेको सरकारले के ३९६ स्थानीय तहमा आधारभुत अस्पताल निर्माण गरी जनतालाई सेवा दिन सक्छ भनी जनताले कसरी पत्त्याउने ? यति उति अस्पतालको आँकडा भन्दा जनतालाई भरपर्दो सुबिधा पो चाहियो सरकार!’





