राजनीति

लोकतन्त्रको रक्षाका लागि ओली सरकारबिरुद्ध आन्दोलनमा उत्रन नेता जोशीको अपील

१८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री नबिन्दराज जोशीलले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलमाथीको तनहुँ प्रशासनको दुब्यवहारको कडा बिरोध गरेका छन् । बुधबार पुल उद्घाटन गर्न गएका बरिष्ठ नेता पौडेलसहित काँग्रेस नेता कार्यकर्ताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अभद्र ब्यवहार गरिएको भन्दै बिश्वभरबाट बिरोध भईरहेका बेला नेता जोशीले बिज्ञप्ती जारी गर्दै कडा बिरोध जनाएक हुन् ।
उनले भनेका छन्, ‘नेपाली लोकतान्त्रिक समाजवादी आन्दोलनका धरोहर, नेपाल काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा सरकारद्वारा गरिएको हस्तक्षेप र आक्रमणको घोर निन्दा गर्न चाहान्छु ।’
नेता जोशीले आक्रोशित हुँदै थपे, ‘यो सरकारको यो प्रवृत्ति विकासका विरुद्धमा र लोकतन्त्रको खिलाफमा सर्वसत्तावादतिर उन्मुख छ ।नेपाली जनताले लोकतन्त्रका निम्ति लामो लडाइँ लडेको यो सरकारलाई स्मरण गराउँदछु । लोकतान्त्रिक व्यवस्थामाथि कहीँकतै आँच आउने कार्य नेपाली जनतालाई सह्य हुनेछैन ।’
नेता जोशीले विज्ञप्तीमा यसो भनेका छन्, ‘कम्युनिस्ट हुँ भनि लोकतान्त्रिक संविधानका खिलाफमा भ्रष्टाचारको चुरोमा अलोकतान्त्रिक व्यवहार र अभ्यासका बिरुद्धमा आमनागरिकप्रति गरिएको वेवास्थालाई जनताले टुलुटुलु हेरी बस्ने छैनन् । तानाशाही पञ्चायती व्यवस्थाको समाप्ति ,लोकतान्त्रिक सङ्घीय गणतन्त्रको स्थापना जनताको ठूलो बलिदानबाट सम्भव भएको छ । संविधानसभा मार्फत् संविधान प्राप्त भएको छ । यो सत्यलाई नकार्ने यो सरकारलाई समयमानै लोकतान्त्रिक मार्गमा ल्याउँदै लोकतन्त्रिक मार्गमा ल्याउन र लोकतन्त्रको मुलभूत मर्मलाई अपहरण गर्न खोज्ने तत्वलाई पराजित गर्नु हाम्रो दायित्व हो । तसर्थ काङ्ग्रेसका आदरणीय नेतागण र महाधिवेशन रमहासमितिका सदस्यज्यूहरु र जिल्लाका नेताहरु र स्थानीय नेताहरुरभातृ संस्था तथा शुभेच्छुक संवद्ध सबैमा लोकतन्त्र, संविधान र आमनागरिकको हित र कल्याणकालागि काङ्ग्रेस सशक्त रुपमा आन्दोलनमा उभिनुपर्छ भन्ने मेरो ठहर छ । साथै आम लोकतन्त्रवादीहरुमा लोकतन्त्रकालागि दह्रो रुपमा उभिन आग्रह गर्दछु ।
जय नेपाल ।’