१८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अन्ततः तनहुँको ब्यास नगरपालीका अवस्थीत पुल उद्घाटन गरेका छन् । बुधबार प्रशासनले पुल उद्घाटन गर्न प्रमुख अतिथीको रुपमा जाँदा प्रहरीलो अधिकारी पौडेलसहिन नेपाली काँग्रेस तनहुँ सभापति र नेता कार्यकर्ताहरुमाथी दुब्र्यबहार गरेको थियो । नेता पौडेललाई तीन घण्टाभन्दा बढी प्रहरीले नियन्त्रणमासमेत लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको समयमा बिश्वभर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको चर्को बिरोध भएको थियो । प्रमुख जिल्लाा अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निलम्बनको मागसहित प्रधानमन्त्री ओल्ीलाई राजीनामा दिन नेपाली काँग्रेसले माग गरेको थियो । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारका गतिबिधिबिरुद्ध सामाजिक सञ्जालमा चर्का नारा गुञ्जिएका थिए । आजको पुल उद्घाटनमा हजारौं कार्यकर्ता तथा तनहुँबासीको उपस्थिति देखिन्थ्यो ।







