राजनीति

पौडेलसहित झण्डै दर्जन नेताको चुनौती, ‘ओलीले सक्छन् भने विचारमा काँग्रेसलाई जितुन्!’

१९ मंसिर, तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासनिर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले विकासनिर्माणका लागि काङ्ग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको जनाए । उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए ।
काङ्ग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो । बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको आरोप पनि उनले लगाए ।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए, उनले तण दलले गृहसचिवलगायतको तीन पुस्ते राखेको भन्दै काँग्रेस सरकारमा र्आपछि आफूहरुले त्यसको हिसावकिताव गर्ने चेतावनी दिए । पार्टीकेन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए । नेता प्रदीप पौडेलले नेकपा सरकारले आफ्नौ हैशियत नेपाली जनतासामु प्रस्टसंग देखाएको आरोप लगाउँदै नेकपा साासद किशन श्रेष्ठ सम्पती शुद्धिकरण प्रधानमन्त्री ओलीको हातमा नभए जेल जाने बताए ।
कार्यक्रममा काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा काङ्ग्रेस प्रतिबद्ध रहेको जनाए । काँग्रेस नेताहरुले सरकार बिरुद्धमा आक्रोश पोख्दा काँग्रेस एकजुटभएको कार्यकर्ता तथा शुभचिन्तकहरुले बताएका थिए । नेताहरुले नेकपा अध्यक्षसमेतरहेका प्रधानमन्त्री ओली आफ्नो पार्टीमा भएको आलोचनाको पीँडा काँग्रेसमाथी पोख्नखोजेको बताएका थिए । काँग्रेस नेताहरुले काँग्रेसलाई विचारमा जित्न कम्युनिष्ट नेतृत्वको सरकारलाई चुनीतथीसमेत दिएका छन् ।
विसं २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत रु दुई करोड ५४ लाखमा निर्माण भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए । विगतमा पुल अभावमा कजवेबाट आवतजावत गर्नुपर्दा वर्षायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि सर्वसाधारणलाई राहत मिलेको बताए ।