राजनीति

काँग्रेस बिग्रिएकोमा सबैभन्दा धेरै जिम्मेवारी सभापति देउवाले लिनुपर्छः गगन थापा

१९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले आगामी जेठभन्दा अगाडी नै अधिबेशन असम्भव भएको बताएका छन् ।
पुर्ब मन्त्री र काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्बाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेता थापाले मंसिर भित्रमा काँग्रेसका सबै अनौपचारीक, चौपचारीक बैठक सकाएर अगाडी बढेमामात्र जेठभित्रमा काँग्रेस महाधिवेशन सम्भव हुने दाबी गरेका हुन् । काँग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका बनाएर पार्टीमा देखिएको मतभेद हलगर्ने सुत्र खोजिएको र सुत्रअनुसार बिबाद हल गरेर सबै कुरा मिली कांग्रेसको महाधिवेशन सकियो गाउँ जाऔं भन्ने अवस्था आयो भने जेठ अघि अधिवेशन सम्भव हुने तर अहिलेको अवस्थामै रह्यो भने त्यो पुरा नहुने बताएका छन् । उनले बैसाख जेठमा कोरोना महामारीको अवस्था कस्तो हुन्छ भन्ने कसैले आँकलन गर्न नसकिने हुँदा यसै हुन्छ, अधिवेयन यही समयमा हुन्छ भनेर कसैले पनि ठोकुवा गर्न नसक्ने दाबी गरे ।
मंसिर, पुस र माघ भित्रमा सबै तलका क्रिायाशिल सदस्य नविकरण, बितरणका कार्य सक्नुपर्ने भन्दै फागुन १ महिना भित्रमा क्रिायाशिल सदस्यले सम्पुर्ण काम सक्नुपर्ने उनले बताए । मुलुकमा कोरोनाको महामारीको जटिल अवस्था आएमा काँग्रेसले १ सय ६५ निर्बाचन क्षेत्रमा चुनाव गर्ने पनि उनले बताएका छन् । कोरोना संक्रमणका बिचमा पनि महाधिबेशन गर्नसक्ने क्षमता कांग्रेससंग रहेको दाबी गरेका छन् । काँग्रेस महाधिवेशनमा दशौं हजार मानिस एकै स्थानमा भेला गर्न गाह्रो हुने भन्दै उनले त्यसैलाई मध्यनजर गर्दै १६५ स्थानमा निर्बाचन गरेर भएपनि महाधिवेशन गर्न सकिने तर्क गरे ।
साथै उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले साशन गर्ने नैतिक अधिकार गुमाएको भन्दै अहिलेको सरकार नेपालको इतिहासमा अर्कमण्य, भ्रष्ट र निकम्मा सरकार भएको आरोप लगाएका छन् । सरकार ईतिहासमै सबभन्दा अभुतपुर्व अधिकार पाएर पनि अर्कर्मण्य सरकार भएको नेता थापाले दाबी गरेका छन् । उनले कांग्रेस पनि कतिपय ठाउँमा चुकेको भन्दै कांग्रेसलाई पनि सहि ठाउँमा ल्याएर छाड्ने दाबी गरेका छन् । उनले पार्टीभित्रका सम्पुर्ण कार्य ठिक समयमा सम्पन्न गर्न सेकमा जेठमा नै महाधिबेशन गर्न सकिने तर अहिलेको अवस्थामा त्यो सम्भव नहुने बताए । उनले कुनैपनि हालतमा फागुनमा अधिवेशन गर्न भने नसकिने ठोकुवासमेत गरे ।
पार्टीमा अहिले तलदेखी नै काम नहुने र माथिका नेतृत्वलाई मात्रै दोष दिने कारण पनि कांग्रेस बिग्रिएको बताएका छन् । नेता थापाले काँग्रेस बिग्रिएकोमा आफ्नो पनि जिम्मेवारी भएको बताउँदै सबैभन्दा धेरै जिम्मेवारी भने सभापति शेरबहादुर देउवाले नै लिनुपर्ने र आफ्नो तहअनुसार सबैले जिम्मेवारी लिनुपर्ने बताए । जनता टेलिभिजनमा पत्रकार शिव लम्सालसँगको कुराकानीमा नेता थापाले उक्त कुरा बताएका हुन् ।