राजनीति

कम्युनिष्ट सरकारले ‘म’सहितलाई तनहुँमा गरेको अपमानको जति निन्दा गरेपनि पुग्दैन: बरिष्ठ नेता पौडेल

१९ मंसिर, काठमाडौं । तनहुँ ब्यासमा रहेको पुल उद्घाटन गर्ने क्रममा प्रशासनले गरेको दुब्र्यबहारको बिरुद्धमा सबैले देखाउनुभएको अपूर्व सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यवद्धताप्रति नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, ‘तनहुँको व्यास नगरपालिकास्थित बुल्दी पुल उद्घाटनको क्रममा म सहित नेपाली काँग्रेस पार्टीका नेता कार्यकर्ता माथि भएको सरकारी दमन र बर्बरताका विरुद्ध मेरो पार्टीका सभापति, नेताहरु, देशभरिका जिल्ला सभापतिसहित पार्टीका सिङगो पङ्क्ति, अन्य दलका नेताहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी, विदेशस्थित जनसम्पर्क समिती र देश विदेशका लोकतन्त्र एवं स्वतन्त्रताप्रेमी जनताहरुले देखाउनुभएको अपूर्व सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यवद्धताप्रति म हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु ।’
नेता पौडेलले आक्रमक हुँदै भनेका छन्, ‘मैले यो शुभेच्छालाई लोकतन्त्रप्रतिको समर्थन र निरंकुश बर्बरताका बिरुद्धको रुपमा लिएको छु । शान्तिपूर्वक भेला हुन र जन स्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक हक बिरुद्ध बर्तमान कम्यूनिष्ट निरंकुश सरकारले म सहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरेपनि पुग्दैन।’
नेता पौडेलले थपेका छन्, ‘तपाईहरुको अपार माया, सदभाव र शुभेच्छाले मलाई लोकतन्त्रप्रतिको कठोर र कठिन आन्दोलनमा निष्ठापूर्वक लड्ने तथा विकास र जनताका काममा समर्पित हुन सदैव उर्जा शक्ति प्रदान गरेको छ । तपाईं सबैको साथ र समर्थनप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
बुधबारतनहुँमा पुलउद्घाटन गर्न जाँदा प्रधानमन्त्री केपी ओलीको निर्देशनमा काँग्रेस बरिष्ठ नेता पौडेललाई प्रहरीले तीन घण्टा भन्दा बढी नियन्त्रणमा लिएको घटनाको बिश्वभर चर्चामा रहेकोमात्र नभएर सरकार लोकतन्त्रको बिरुद्धमा लागेको भन्दै बिरोध भईरहेको छ । यसै समयमा नेता पौडेलले पछिल्लो प्रतिकृया दिएका हुन् ।

नेता पौडेलको भनाईः

हार्दिक आभार !
तनहुँको व्यास नगरपालिकास्थित बुल्दी पुल उद्घाटनको क्रममा म सहित नेपाली काँग्रेस पार्टीका नेता कार्यकर्ता माथि भएको सरकारी दमन र बर्बरताका विरुद्ध मेरो पार्टीका सभापति, नेताहरु, देशभरिका जिल्ला सभापतिसहित पार्टीका सिङगो पङ्क्ति, अन्य दलका नेताहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी, विदेशस्थित जनसम्पर्क समिती र देश विदेशका लोकतन्त्र एवं स्वतन्त्रताप्रेमी जनताहरुले देखाउनुभएको अपूर्व सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यवद्धताप्रति म हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु ।
मैले यो शुभेच्छालाई लोकतन्त्रप्रतिको समर्थन र निरंकुश बर्बरताका बिरुद्धको रुपमा लिएको छु । शान्तिपूर्वक भेला हुन र जन स्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक हक बिरुद्ध बर्तमान कम्यूनिष्ट निरंकुश सरकारले म सहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरेपनि पुग्दैन ।
तपाईहरुको अपार माया, सदभाव र शुभेच्छाले मलाई लोकतन्त्रप्रतिको कठोर र कठिन आन्दोलनमा निष्ठापूर्वक लड्ने तथा विकास र जनताका काममा समर्पित हुन सदैव उर्जा शक्ति प्रदान गरेको छ । तपाईं सबैको साथ र समर्थनप्रति हार्दिक आभार प्रकट गर्दछु ।
जय नेपाल १