२२ मंसिर, काठमाडौं । राजावदीहरुकाे प्रदर्शन चर्किँदै गएको र पार्टी बिदाब बढ्दै गएको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्ने भएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले भोली या पर्सीमा सर्बदलीय बैठक डाक्ने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।
पछिल्लो समय राजावादीहरुको सडक प्रदर्शन बढ्दै गएको र नेकपाका पनि किचलो बढ्दैजाँदा ओलीले बैठक डाक्न लागेका हुन् । साथै धुम्बाराहिमा बसेको स्थायी कमिटी बैठकमा पनि उक्त कुरा उठेको थियो । र सर्बदलीय बैठकको बारेमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासंग पनि परामर्श गरिरहेको रिमालले जानकारी दिएका छन् ।
साथै सर्वदलीय बैठकको बारेमा र बस्ने मितिको बारेमा साँझसम्म जानकारी गराउने उनको भनाई छ । पछिल्लो समय सत्ताारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा बिबाद बढिरहँदा अर्काेतिर भने राजा आउ देश बचाउ भन्दै दैनिकजसो पर्दशनहरु हुन थालेका छन् ।





