२६ मंसिर, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीको अपमान अब धेरै सहन नसकिने बताएका छन् ।
बागमती प्रदेशका आफू निकट जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवलगायतसँगको छलफलमा अध्यक्ष दाहालले अहिलेसम्म जे भयो भयो, तर अब अपमान सहन नसिकने बताएका हुन् ।
दाहालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कडा खालको बुहार्तन आफूले सहेको बताएका छन् ।
छलफलमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकटका बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागि थिए । उक्त कार्यक्रममा उनले यस्तो बताएका हुन् । पछिल्लो समय नेकपामा दुई शिर्ष नेताबीचको बिबाद झनै चुलिल्दै गएको छ ।





