२७ मंसिर, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली सरकारको भ्रष्टाचार र अर्कमन्याताका बिरुद्ध २९ गतेको बिरोध प्रदर्शन सहभागी हुन सम्पुर्ण नागरिकमा अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आज एक भिडियो सन्देश माफर्त यस्तो अपिल गरेका हुन् ।
कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी तिब्र पारेको छ । मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको प्रदर्शनका लागि नारा तय गरेको कांग्रेसले आज भिडियोमार्फत नै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो । शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको थियो ।





