२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताएका छन् । कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट र बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको भन्दै ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने बताएका छन् ।
जनतालाई घरभित्र राखेर कोरोना महाव्याधीको नियन्त्रणमा लाग्छु भन्दै संसदबाट भागेको, बालुवाटारको दुलोभित्र लुकेर षडयन्त्र गरेको सरकारलाई लल्कार्नका निम्ति, बरालिएको सरकारलाई ठेगान ल्याउनका निम्ति कांग्रेस सडकमा आएको छ र जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमा आइरहने बताएका छन् ।
महामारीका बेला संसद बन्द हुँदा सडक खाली भए पनि सरकारलाई मद्दत गर्न आफूहरु धैर्य गरेर बसेको भन्दै थापाले कोरोना महामारीका बीच सडकमा आउन बाध्य पार्दा दुःख लागेको बताएका छन् । उनले ओल सरकारले सडकमा आउन बाध्य सरकारले बनाएको भन्दै सबै सतर्कता अपनाउने तर यसमा बाबजुद पनि कुनै क्षति भयो भने सरकार जिम्मेवार हुने बताएका छन् ।
झण्डै दुईतिहाइ मतको सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउनका निम्ति एउटा पनि काम गर्न नसकेको उनको आरोप छ ।





