सामाजिक सञ्जाल

ओली र प्रचण्डप्रति कमल थापा जंगीएः अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् !

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहलप्रति आक्रामक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानीक परिषद सम्बन्धी अध्यादेश जारी गरेको २४ घण्टामा फिर्ता लिएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

सामाजिक सञ्जाल ट्वीट माफर्त दुई अध्यक्षलाई मेन्सन गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहललाई अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् भन्दै कटाक्ष गरेका छन् ।

उनले आँफुहरु जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाएको बताएका छन् । अध्यक्ष थापाले हिजो हिमालय पर्वत जस्तो भिमकाय व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसकेको भन्दै कमसेकम लोकलज्जा ख्याल राख्न सुझाव दिएका छन् ।

उनको ट्वीटः अब अतिभो,गाईजात्रा बन्द गर्नुहोस्@kpsharmaoli @cmprachanda हामी जस्ता राजसंस्थसहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् । हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।