राजनीति

डा भट्टराईको टिप्पणीः बैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरूंगमा फसिस्क्यो

६ पौष, काठमाडौं । जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले तोको समय बैसाखमा निर्बाचन हुन नसक्ने दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै बैशाखमा चुनाव हुनेवाला छैन, देश अँध्यारो सुरूंगमा फसिस्क्यो भन्ने टिप्पणी गरेका छन् । उनले संवैधानिकरकानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न भन्ने आषय बताउँदै दिगो उपचार राजनीतिक नै भएको बिश्लेषण गरेका छन् । डा भट्टराईले दुई बुंदामा टिप्पणी गर्दै संगठितरएकिकृतरसशक्त जनप्रतिरोध, प्रतिनिधिसभाको बैठकको कुरा उठान गरेका छन्।
डा भट्टराईको ट्वीटः बैशाखमा चुनाव हुनेवाला छैन। देश अँध्यारो सुरूंगमा फसिस्क्यो। संवैधानिकरकानूनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो । १.संगठितरएकिकृतरसशक्त जनप्रतिरोध, २.प्रतिनिधिसभाको बैठक (जनतामा निहित सार्वभौमसत्ताको प्रयोग हिजो राजामा निहित सार्वभौमसत्ताको प्रयोग भएको)