राजनीति

ओली गुटको केन्द्रिय समिति बैठकले घोषणा गर्यो ११ सय ९९ महाधिवेशन समिति

७ मंसिर, काठमाडौं । पार्टी फुटको संघारमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली गुटको केन्द्रिय समिति बैठकले ११ सय ९९ महाधेवेशन समिति घोषणा गरेको छ ।

ओलीले साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेको श्रोतले जानकारी दिएको छ ।

उनले महाधिवेशनसम्मममा १९७ जना पछि थप गर्ने ओलीले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन् ।