राजनीति

काँग्रेसले ओली सरकार र राष्ट्रपतिको संसद बिघटन कदमबिरुद्ध कडा रुपमा देशब्यापी प्रदर्शनमा उत्रिने गर्यो निर्णय

८ पौष, काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बिरुद्धको आन्दोलन देशब्यापी रुपमा गर्ने निर्णय गरेको छ । मंगलबारदेखी केन्द्रीय कार्यालय सानेपामा संचालन भईरहेको केन्द्रीय कार्यसमिति बैठकले पौष ५ गते सरकारले गरेको संगद बिघटन सिफारिस र राष्ट्रपतिले गरेको सदर असंबैधानिक ठहरगर्दै उक्त कदम सच्याउन माग गर्दै काँग्रेसले देशब्यापी आन्दोलन चर्काउने निर्णय गरेको काँग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले बताएका छन् ।
काँग्रेसले देशब्यापी आन्दोलन चर्काउने निर्णय गरेपनि कहिले आन्दोलन गर्नेभन्ने निर्णय भने बिहीबारको रेगुलर चल्ने केन्द्रीय कार्यसमिति बैठकले टुंगो लगाउने बताईएको छ । काँग्रेसले पौष १६ गते मेलमिलाप दिवशका रुपमा देशभर कार्यक्रमहरु गरे मनाउने निर्णयसमेत गरेको छ । केहीदिनदेखी संसद भंग भएपछि मुलुकको राजनीतिअलि अनिश्चिततातर्फ धकेलिएको महशुस गरिएको अवस्थामा काँग्रेस बैठकले सरकार बिरुद्ध प्रदर्शन गर्ने कडा निर्णय गरेको छ ।