१० पौष, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले ७७ वटै जिल्ला लगायतका मातहतका समितिलाई १३ पौषमा गर्नलागेको नेपाली काँग्रेसको आन्दोलनलाई शसक्त बनाउन भूमिका खेल्न परिपत्र गरेको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले बिज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीको के।पी। ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा नेपाली काँग्रेस पार्टीले यहि २०७७ साल पुष १३ गते सोमबार १६५ संघिय निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमितिको आयोजनामा एकसाथ विरोध प्रदर्शन गर्ने भएको जानकारी गराउंदै उक्त विरोध प्रदर्शनलाई भव्य, व्यवस्थित, शान्तिपूर्ण र प्रभावकारी बनाउन त्यस जिल्ला समितिले पार्टी संघ समन्वय गरी जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई व्यापक परिचालन गर्नरगराउन निर्देशन दिएका छन् ।
अध्यक्ष बस्नेतले परिपत्रमा भनेका छन्, ‘२०७७ साल पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भएकोले पार्टीले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न त्यस जिल्ला समितिलाई निर्देशन गरिन्छ । र नेपाल तरुण दल त्यस जिल्ला समितिले उक्त दिन पार्टी संग समन्वय गरी पार्टीको कार्यक्रम संग नजुधने गरी विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गरी उक्त दिवस मनाउन यो परिपत्र गरिएको छ ।’






