राजनीति

पौडेलको आह्वानः प्रधानमन्त्रीका असंवैधानिक कदम सच्याउने काँग्रेस आन्दोलनमा जाऔं

११ पौष, काठमाडौं । नेपाली कााँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पी शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको नदेखिएको बताएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीले हालै लगातार चालेका तीनवटै कदम संविधानको मर्म र भावना विपरीत भएको बताउँदै काँग्रेसले १३ पुषमा आयोजना गरिएको १६५ वटै संघीय क्षेत्रको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
बरिष्ठ नेता पौडेलले, ‘अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।’ भन्दै अव काँग्रेसलाई प्रधानमन्त्री ओलीले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास नरहेको दाबी गरेका छन् ।
नेता पौडेलले सर्बोच्च अदालतले प्रधानमन्त्रीका असंबैधानिक, अलोकतान्त्रीक कदम सच्याउछ भन्नेमा आफूलाई बिश्वास लागेको पनि बताएका छन् ।
बरिष्ठ नेता पौडेल भन्छन्, ‘प्रधानमन्त्री श्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।
अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु ।’