१२ पौष, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेताले नेकपाचका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद भंग गर्ने कार्यले मुलुकलाई अन्योलमा लगेको बताएका छन् । उनले यो घटनाले कम्युनिष्ट सरकार निरंकुस, स्वेच्छाचारी र अस्थिरता, अराजकता र असफलतातर्फ लाने सरकारको रणनीति भएको आरोप लगाएका छन् ।
युवा नेता थापाले सरकारको असंबैधानिक र अलोकतान्त्रीक कदम सच्याउन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १६५ वटै क्षेत्रमा हुने बिरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेजस्तै आफुपनि उही आह्वान गर्ने बताए ।
कसैकसैले संसद बिघटन गर्नु असंबैधानिक भएको बताएपनि उक्त कुरा संसदीय प्रणालीको मर्म र भावना बिपरीत भएको बताएका छन् । कतिपय कुरामा राष्ट्रपति बिद्यादेवी भण्डारीले पनि स्वीकार गरेको भन्दै संसद बिघटन जस्ता कुराहश्रमा कन्फिडेन्समा क्राईसिस भएर उक्त कुरा हुने बताए । पुर्व मन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्री बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता भएर बहुमत गुमाएमा त्यसबाट प्रधानमन्त्री हट्ने प्रणाली रहेको बताउँदै संसद बिघटनलाई ०४७ को संबिधानमा पनि प्रतिनिधि सभा बिघटनमा राजाले सरकारको सिफारिसमा गर्न सकिने नियमको कुरा गर्न खोजेको टिप्पणी गरेका छन् ।
उनले ०४७ सालको संबिधानमा गिरिजा प्रसाद कोईराला वा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला भएका संसद बिघटन संबिधान संबत रहेको बताउँदै नयाँ संबिधानमा भने संसद बिघटन गर्ने कार्य असंबैधानिक हुने बताए । उनले सुवास नेम्वागंलेनै पछिल्लो समय बनाएको संबिधान उत्कृष्ट र कसैले पनि बिघटन गर्न नसकिने संबिधान भएको अन्तरवार्ताहरु पढ्न पाईने बताए । यो संबिधानले उपेन्द्र यादब, राजेन्द्र महतो वा जोकोहीलाई पनि अधिकार दिएको भन्दै बहुमत ल्याएको पार्टीले सनक चढेको आधारमा संसद बिघटन गर्ने नजिर गलत भएको बताए ।
नेपाली काँग्रेसले संसद भंग गर्ने कार्य सरकारको बदनियतपूर्ण कार्य भएको भनेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री दुबैजनाले जालझेल गरेर उनीहरु दुबै जाली र षढ्यन्त्रकारी भएको र यसका बिरुद्धमा नेपाली काँग्रेस उभिने बताएका छन् । उनले खोप प्राप्त गर्ने समय नेपाली जनताले कुरिरहेको भएपनि नेपालमा अकै अवस्था आएको भन्दै चिन्ता ब्यक्र गरेका छन् ।संबिधानमाथीको कु गर्ने मुख्य ब्यक्ती प्रधानमन्त्री ओली र मतियार रााष्ट्रपति भएको भन्दै प्रचण्ड, माधव नेपाल वा झलनाथ खनाल पनि कम जिम्मेवार नभएको बिश्लेषणसमेत गरे । काँग्रेस लड्ने र कर्म गर्ने भन्दै संघर्ष र बिरोध गर्ने बउनले दाबी गरे । गम्भीर संबैधानिक संकट आउँदा संबैधानिक अदालतले निर्णय गर्ने भन्दै अदालतमा भएको बहसको बिषयले संबिधानलाई न्याय दिने पबश्वास गरेका छन् ।
https://www.facebook.com/watch/live/?v=903704633528033&ref=watch_permalink





