राजनीति

ओलीले गरेको असंबैधानिक संसद बिघटन नसच्चिए देश ठुलो बिग्रहमा फस्छः वरिष्ठ नेता पौडेल

१३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले गरेको संसद बिघटन नसच्चीए देश बिग्रहमा फस्ने चेतावनी दिएका छन् । एक टेलिभिजनसंगको अन्तवार्तामा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाललाई अनिश्चयको भुमरीमा धकेल्ने काम भएको भन्दै ओलीको उक्त कार्य नसच्चीए नेपाल बिग्रहमा फस्ने बताएका हुन् ।
आँफुहरुले बनाएको संबिधानमा संसद बिघटन गर्ने कुनै आधार नभएका कारण कांग्रेसले संसद बिघटनलाई असंबैधानीक भनेको बताएका छन् । मुलुकमा लोकतन्त्रको बिजारोपण देखी हुर्काउने, बढाउने, संरक्षणमा अग्रसर भएर र बिभिन्न राणा साशण, पंचाएतको यातनाहरु भोगेर आएको पार्टी कांग्रेस भएकाले आफ्नो कर्तव्यलाई सम्झेको बताएका छन् । साथै उनले मुलुकमा गिरिजा देखी शेरबहादुरसम्मका प्रत्यक बिघटनले नेपालमा बिद्रोह ल्याएको भन्दै बिघटनले मुलुकको कहिलेपनि हित नगरेकाे बताएका छन् ।

संसद बिघटनको बिरुद्धमा कांग्रेसमा दुई मत रहेको भन्ने आरोपमा उनले सभापती शेरबहादुरको बचाउ गर्दै पहिलोपल्ट शेरबहादुरको तेतृत्वमा पदाधीकार र पुर्व पादाधीकारी बैठक बसेर यो अलोकतान्त्रीक, यो असंबैधानीक हो, यो निरंकुशतातीर जान थाल्यो यसको बिरोध गर्नुपर्छ भनेर पदाधीकारी बैठकले निर्णय गरेको र मार्गदर्शन त्यहिँबाट भएको बताएका छन् । कार्य समितीमा पनि एक स्वरमा संसद बिघटनको बिरुद्धमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा जाने भनेर सर्बसम्मत सहमती भएको उनको दाबी छ ।

नेता पौडेलले ओलीद्धारा संसद बिघटन गर्ने कदमकोे बिरुद्धमा पनि नेपाली कांग्रेस एक मत रहेको बताएका छन् । साथै उनले यो असंबैधानीक गल्तीलाई सच्याउनु पर्नेमा पनि जोड दिएका छन् । नेता पौडेलले सर्बोच्च अदालतले पनि ओलीको यो संसद बिघटन गर्ने असंबैधानीक निर्णयलाई सच्याईदिने छ भन्नेमा आँफुहरु आशाबादी रहेको बताएका छन् । साथै यो कुरा न्यायमुर्तिले पनि बुझ्नु पर्ने भन्दै त्यो उनले भनेका छन्ः त्यो पराकम्प कहाँ–कहाँ पुग्छ, त्यस्तो स्थीतितीर गएर देश एउटा भुंग्रालोमा देश अत्यन्तै एउटा बिग्रहमा नफसोस । साथै नेता पौडेलले देशलाई एउटा बिग्रहतीर लग्ने काम कसैले नगर्न सचेत गराउँदै ओलीका कारण संबिधान खतरामा परेको र अहिलेको सम्बीधान गुम्यो भने जनताले फेरी यस्तो संविधान पाउन सम्भव नहुने बताएका छन् ।

संसद बिघटन सामान्य बिघटन नभएको बताउँदै नेता पौडेलले नेपालमा बिभिन्न खेलहरु भईरहेको र प्रतिनिधीसभा बिघटन प्रधानमन्त्रीको तागतले मात्रै नभएको दाबी गरेका छन् । उनले अहिले बिभिन्न मुलुकबाट पाहुनाको ओईरो लागेको तिर कटाक्ष गर्दै यो भुराजनीतिक खेलको चक्करमा नेपालललाई कसरी फसाउन खोजीएको छ भन्ने बुझ्दै त्यसबाट नेपालललाई बचाउन कांग्रेले लागीपर्ने बताएका छन् । अहिलेको संविधान नै देशमा सन्तुलन कायम गर्ने ठुलो दस्ताबेज र शक्ति भएकाले कम्युनिष्ठ, कांग्रेसलाई समेटेर लैजाने सन्तुलनको संबिधान आएको भन्दै यसलाई फालीदिएपछि नेपालमा आ–आफ्ना खेल खेल्न पाईन्छ भन्नेहरुपनि भएको हुनसक्ने आसंका व्यक्त गरेका छन् ।

साथै तपाईलाई राष्ट्रपती बनाउने भन्ने प्रस्तावहरु आएका छन् रे ? भन्ने प्रश्नमा उनले आँफु कुनै पद र पैसाको लागी लड्ने नभई सिद्धान्तको लागी लड्ने मान्छे भएको धारणा व्यक्त गरेका छन् । ठुलो त्याग र बलिदान गरी ल्याएको संबिधान जोगाउन आँफु लागी परेको र संधै लाग्ने दाबी समेत उनको छ । नेता पौडेलले सरकारले संबैधानीका आयोगमा को–कोलाई राख्नेबारे कांग्रेससंग कुनै परामर्श नगरेको पनि दाबी गरेका छन् ।

नेपालललाई अनिश्चयको भुमरीमा धकेल्ने काम भएको भन्दै त्यसबाट देशलाई अनिश्चयको भुमरीमा धकेल्न नहुने र नेपाललाई थिरता चाहिएको बताएका छन् । ७० वर्ष लडेर एउटा व्यवस्था संबिधानको टुंगो लागेको भन्दै नेपाललाई अब प्रयोगको थलो बनाउन नहुने बताएका छन् । नेपाल बारम्बार प्रयोगको थलो भयो भने नेपालले थाम्न नसक्ने भन्दै नेपाल र नेपाली जनतामाथी निर्मम नबन्न अपिल गरेका छन् ।

उनले यदि प्रतिनिधि सभा रहेन भने सरकार कार्यकारी उत्तरदायी नहुने र अनुत्तरदायी हुँदै गई त्यो अधिनायकबादमा परिणत हुने भन्दै सरकारको अधिनायकबादले मुलुकमा धेरै ठुला दुर्घटनाहरु घट्ने बतएका छन् । त्यस्तो दुर्भाग्यतिर जान बाट रोक्न न्यापपालीका लगाएतसंग अपिल गरेका छन् ।