पु.समाचार

दाहाललाई भेट्न खुमलटार पुग्यो चिनियाँ टोली

१३ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा बिबाद सल्टा्याउन नेपाल आएको चिनियाँ पक्षले बिभिन्न राजनैतीक भेटवार्तालाई तिब्रता दिएको छ । उक्त टोली अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न अहिले दाहाल निवास खुमलटार पुगेको छ ।

दाहाललाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय बिभागमा उपप्रमुख कुओ येचौ, महानिर्देशक छुई यान सहितको ४ सदस्यीय टोली केहिेरअघि खुमलटार पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि दुई टुक्रा बनेको नेकपाको बिबाद मिलाउन चिनियाँ कम्युनिष्ट पार्टी सक्रीय भएर लागको छ ।

एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ आइतबार चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएर उपमन्त्री येचौको टोली शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो । राष्ट्रपतिसँगको छलफललगत्तै प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थियो । ओली र चिनियाँ विशेष टोलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेका बेला उपमन्त्रीसहितको टोली आइतवार नेपाल आएका थिए । पार्टी विवाद उत्कर्षमा पुगी विभाजनको अवस्थामा पुगेका बेला चिनियाँ टोली नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।