पु.समाचार

नेपालमा आज थप ६ सय वढीमा कोरोना पुष्टिः ७ को मृत्यु, ७१८ जना निको

काठमाडौं पुस १३ । नेपालमा आज २४ घण्टामा थप ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५२ महिला र ४०७ पुरुषसहित ६५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७१८ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १८३२ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेका छन् ।