पु.समाचार

कांग्रेस सभापती देउवालाई बुढानिलकण्ठमा भेट्दै चिनियाँ टोली

१४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि दुई समहुमा टुक्रिएको नेकपालाई मिलाउन भनी आएको चिनियाँ बिषेश टोलीले आज कांग्रेस सभापती शेरबहादुर देउवालाई भेट्दै छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय बिभाग उपमन्त्री कुओ अचौ नेतृत्वको टोलीले आज बिहान साढे १० बजे देउवा निवास बुढानिलकण्ठमा गएर भेटवार्ता गर्न लागेको हो । देउवासंग आज हुने भेटमा राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसि हितको बारेमा छलफल हुने भएको छ ।

राजनीतिक भेटघाटलाई तीव्रता दिएको टोलीले नेकपाको अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग पनि सोमबार भेटवार्ता गरिसकेको छ ।