समाचार

देउवासंगको भेटमा चिनियाँ पक्षले भन्योः कांग्रेस हाम्रो असल मित्र हो

१४ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र चिनियाँ पक्षबीच भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री ओलले संसद बिघटन गरेपछि दुई टुक्रामा विभाजन भएको नेकपालाई मिलाउन नेपाल आएको उक्त टोलीले आज बिहान देउबाको निवास बुढानिलकण्ठमा गएर भेटवार्ता गरेको हो ।

भेटमा उक्त टोलीले कांग्रेस सभापती देउवालाई कांग्रेस आँफुहरुको एउटा असल मित्र भएको बताएको थियो । उक्त भेटमा भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसीहित सम्बन्धमा समेत छलफल भएको छ । भेटमा कांग्रेसका पूर्वपरराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्रविद‍् दिनेशचन्द्र भट्टराई पनि सहभागी थिए ।

पराराष्ट्रविद‍् भट्टराईले दुई देश बीचको सम्बन्धका बारेमा हार्दिक छलफल भएका जानकारी दिएका छन् । चिनियाँ टोलीले नेपालको आन्तरिक विषयमा राजनीतिक दल मिलेर अगाडि बढ्न पनि सल्लाह दिएको छ ।

यसअघि चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपती बिद्यादेबी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, डा बाबुराम भट्टराई लगाएतकासंग राजनैतिक भेटघाट गरिसकेको छ ।