पु.समाचार

वर्षमानको ओलीलाई चेतावनीः असंबैधानिक कार्य नसच्याए जनताले बालुवाटारबाट फाल्नेछन्

१५ पुष, काठमाडौं । सत्तारुढ दल नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले समयमै असंबैधानिका कार्य नसच्याए जनताले बालुवाटारको झ्यालबााट फाल्ने भन्दै सचेत गराएका छन् ।

गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताए । नत्र जनताले बालुवाटारको झ्यालबाट फाल्ने भन्दै समयमै यो कुरा हेक्का राख्दा राम्रो हुने पुनले चेतावनी दिएका छन् ।

साथै मन्त्री पुनले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको भन्दै वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी पनि गरेका छन् । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए ।

साथै मध्यावधि निर्वाचन घोषणा गरेपछि सरकारलाई कामचलाउ नगर्नु संविधान उल्लंघन भएको नेता पुनले बताए । यद्यपि ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ ।

उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई बैधता दिएको भन्दै उनले राष्ट्रपतिको पनि आलोचना गरे ।