२३ पुष, काठमाडौं । संसद बिघटनका बिरुद्धमा दाहाल-नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतीले संसद बिघटन गरेसंग बिभाजित भएको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहले ओलीको उक्त कदमका बिरुद्ध दोस्रो चरणको आन्दोलनमा रहेको छ । आन्दोलन अन्र्तगत उक्त समुहले आज देशैभरी ओलीको पुत्ला दहन गर्ने निर्णय गरेको थियो ।
जस अन्तर्गन आज उक्त समुहको बिद्यार्थि संगठनले चितवनमा ओलीको पुत्ला दहन गरेको छ । उक्त समुहले ओलीको पुत्लादहन, लाठी जुलुसदेखी दोस्रो चरणमा बिभिन्न संघर्षका कार्यक्रम सार्वजनीक गरेको थियो ।
वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।





