२ माघ, काठमाडौं । दाहाल-नेपाल पक्षले ओली सरकार बिरुद्ध उत्रिन रणनीति बनाउँदै छ । नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षको स्थायी कमिटिको बैठक आज पुनःबस्दै छ । बिहिबारबाट सुरु भएको उक्त समुहको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भएको हाे ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनको बिरुद्धमा उत्रिएको उक्त समुहले आज थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ ।
ओलीले गरेको संसद बिघटन बिरुद्ध आगामी माघ २३ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको उक्त समुहले आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने योजना बनाएको छ ।
साथै आजको बैठकमा उक्त समुहका माधवकुमार नेपाल नेतृत्वले बुझाएको प्रतिवेदनमाथि पनि छलफल गरिने भएको हो । अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले सांगठनिक व्यवस्थापन गर्नेगरी सुझाव पेश गर्ने कार्यादेश पाएको थियो ।





