२ माघ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले भने “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । उनले भने “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने “सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अवजस लिन कांग्रेस सरकारमा जाँदैन ।” डा कोईरालाले नेकपाले गरेका सबै भ्रष्टाचारलगायतका दोष लिन कँँग््रेस सरकारमा जान नहुने भन्दै जनताले सरकार बाहिर बसेर जनताका काम गर्न काँग्रेसलाई बिगतमा मतदान गरेको जिकिर गरे । उनले काँग्रेसले सरकारमा जानेभन्दा आउने निर्बाचनमा जनताको बिश्वास जित्न गाउँ गाउँ जाँदै निर्बाचमा बहुमत ल्याउने वातावरण बनाउनुपर्ने बेला भएको बताए ।





