३ माघ, काठमाडौं । दाहाल-नेपाल समुहका अधयक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल (प्रचण्ड) जस्तो नेता कोही नभएको बताएका छन् ।
अध्यक्ष नेपालले दाहाल र आँफुप्रति अवस्विास गर्ने र भ्रम छर्ने काम केपी ओली समुहले गरेको भन्दै दाहाललाई आँफुले राम्रोसंग बुझेको बताएका छन् । आज बिहान प्रेस संगठन नेपाल दाङ घोराहिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि रुष्ट हुँदै दाहाल–नेपल समुहले नेकपाको छुट्टै समुह बनाएको छ । भने पार्टीमा दाहाल र नेपाल दुई अध्यक्ष भएका छन् । उनले दाहाल र आफू बीचमा कुनै असमझदारी नरहेको र दाहाल जस्तो इमान्दार कोही नरहेको बताएका छन् ।
ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिदै गएको बताए । नेता नेपालले अब ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आँफुहरु भएको र पार्टीको चुनाब चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न आग्रह गरेका छन् ।
ओलीको कार्यशैलिको आलोचनामा समय खर्चेका नेपालले ओलीलाई आँफुले लामो समयदेखी झेलेको भन्दै ओली कहिलैपनि सुध्रन नसक्ने ठोकुवा गरेका छन् ।





