पु.समाचार

संसद विघटन बिरुद्धमुद्धामा आजपनि एमिकस क्युरीले बहस गर्दै

६ फागुन, काठमाडौं । अदालतको सहयोगी (एमिकस क्युरी)ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । यसअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।

गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहेकी छिन् ।

पहिलो दिन बद्रीवहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए  । आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् ।

खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए र मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरेका थिए ।