६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज पनि बस्दै छ । बुधबार बसेको केन्द्रिय समिति बैठकबाट १४ औं महाधिवेशनको कार्यतालीका प्रस्ताव गरेको कांग्रेसले आज संसद बिघटन बिरुद्धको आन्दोलनका बिषयमा छलफल गर्ने जानकारी दिईएको छ ।
आजको केन्द्रिय समितिको बैठक दिउँसो साढे ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद सिटौलाले जानकारी दिएका छन् । यस्तै कांग्रेसले महाधिवेशण २०७८ साल भदौ ७ गतेदेखी २० गतेसम्म बस्ने प्रस्ताव गरेको छ ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनका बिरुद्धमा पनि प्रमुख शहरहरुमा ठुला आम सभा गर्ने बिषय उठेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले संसद बिघटन असंबैधानिक भएकाले संसद पुनः स्थापाना हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् ।
सभापति देउवाले भने अदालतमा मुद्धा बिचाराधिन रहेकाले अदालतलाई दबाव पुग्ने खालको कुनैपनि गतिबिधि गर्ननहुने बताएका छन् ।





