७ फागुन, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले आज फागुन ७ गते राजा त्रिभूवनले आफ्नो ज्यान धरापमा राखेर प्रजातन्त्र ल्याउन भूमिका खेलेपनि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले उनको नामसम्म उच्चारण नगरेको भन्दै आक्रोस पोखेका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै राजा त्रिभुवनको योगदानवारे राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षनेताहरुले चर्चा र नाम समेत उल्लेख नगर्नु संकिर्ण र हिन मानसिकताको द्योतक भएको बताएका छन् । उनले ईतिहासप्रति गौरव गर्न सिकौँ भन्दै आहुवानसमेत गरेका छन् ।
उनकाे ट्वीटः आज प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्र स्थापनाकालागि राजगद्दीको बाजी लगाएर जनताको क्रान्तिमा साथ र सहयोगदिने राजा त्रिभुवनको योगदानवारे राष्ट्रपति, प्रधानमन्त्री र दलका शीर्षनेताहरुले चर्चा र नाम समेत उल्लेख नगर्नु संकिर्ण र हिन मानसिकताको द्योतक हो। ईतिहासप्रति गौरव गर्न सिकौँ






