राजनीति

अदालतले राजनीतिक भाषणको होईन संबिधानको ब्याख्या गर्ने होः अध्यक्ष दहाल

१६ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले आफूले अदालतको अबहेलना नगरेको दाबी गरेका छन् । अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता समीर हायूले दर्ता गरेको निबेदनमा न्यायधीश मनोज कुमार शर्माको एकल इजलासको फैसलाको उत्तर दिँदै ‘सरकार र उसका नातेदार अदाललाई कमजोर ठान्छन्। त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन्। तसर्थ यसमा अदालत विचलित हुनै सक्दैन। हाम्रो र मेरो दल यसमा सचेत छ। अदालतप्रति बढी विश्वास छ।’
अध्यक्ष दहालले लिखित पत्रमा अदालतलाई भनेका छन्, ‘सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो। त्यो जुलुस, नारा र भाषणको व्याख्या गर्ने होइन, तसर्थ हाम्रो जुलुस, नारा, भाषणले स्वतन्त्र सक्षम न्यायपालिका (अदालत) लाई प्रभाव पर्ने र पार्ने कुरा हुनै सक्दैन ।’
अध्यक्ष दहालले आफूले कहिलैपनि अदालतको अवहेलना गर्न नसक्ने जिकिर गर्दै अदालतले राजनीतिक भाषणको ब्याख्या भन्दा पनि संबिधानको ब्याख्या गर्नुपर्ने बताएका छन् ।