२१ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अब शान्तिपुर्ण राजनीतिभन्दा बाहिर कोहिपनि नरहेको बताएका छन् ।
सरकार र नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमती भएपछि अब राष्ट्रिय एकता्,संविधान र शान्तिपुर्ण राजनीति बाहिर कोहीपनि नरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मन्त्री ज्ञवालीले पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव नेकपा आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय प्रधानमन्त्रीलाई जाने भन्दै यसमा योगदान गर्ने सबै धन्यवादका पात्र भएको बताएका छन् । राष्ट्रिय एकताका पक्षधर एवं शान्तिप्रेमी सबैलाई उनले बधाई समेत दिएका छन् ।
यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबध्द हुन पुगेको उनको भनाई छ । नेता ज्ञवालीले भने जेजति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो ।
उनको ट्वीटः पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउत त्यसलाई परित्याग गर्दै राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र एकीकृत जनक्रान्तिु का नाममा सशस्त्र गतिविधिमा संलग्न नेकपा (विप्लव समूह)ले हिंसात्मक बाटो छाडेर आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु समकालीन नेपाली राजनीतिका महत्वपूर्ण उपलब्धि हुन् । यससँगै नेपाली राजनीतिका सबै पक्ष राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आबध्द हुन पुगेका छन् । जेजति असहमति छन्, ती शान्तिपूर्ण दायराभित्रै छन्, लोकतन्त्रमा यो स्वाभाविकै हो । यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय सम्माननीय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ । राष्ट्रिय एकताका पक्षधर एवं शान्तिप्रेमी सबैलाई हार्दिक वधाइ १






