२८ फागुन, काठमाडौं । नेकपा एमाले माधव–झलनाथ पक्षको बैठकले केन्द्रदेखी सबै तहमा समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठकले नेकपा एमालेका अध्यक्ष र महासचिवबाहेक सबै कमिटी भङ्ग गरेपछि बिलखबन्दमा परेको नेपाल–खनाल समूहको आज बसेको बैठकले सबै तहमा समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।
आजै रामबहादु थापासहित उनका समूहका २२ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्दै सबै समिति भङ्ग गर्ने निर्णय ओली समूहले गरेपछि नेपाल–खनाल समूहले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो । नेकपा एमाले र माओबादी केन्द्र मिलेर नेकपा बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गतेको संसद बिघटनले नेकपामा ठूलै बिबाद निम्त्याएपछि सर्बोच्च अदालतले एमाले र माओबादी केन्द्रलाई दुई पार्टी छुट्टै बनायो र नेकपाको पुष्पकमल दहाल–माधव नेपाल समूहबाट नेपाल समूह पुनः एमालेमा आएपछि पुनः एमालेमा ठूलै बिबाद हुरु भएको यो पहिलो हो ।





