राजनीति

सत्तासमिकरण बारे माओवादी केन्द्र र जसपा नेताबीच पेरिसडाँडामा छलफल सुरु

२९ फागुन, काठमाडौं । माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताबीच पेरिसडाँडामा छलफल सुरु भएको छ ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपाका नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महन्त ठाकुर र राजेन्द्र महतोलगायत पेरिसडाँडा पुगेका छन् ।

माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् । माओवादी स्थायी कमिटी बैठकलगत्तै पेरिसडाँडा पुगेका नेताहरूबीच भेटावार्ता जारी छ ।

केहिदिनदेखी जसपाका नेताहरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसंग लगातार छलफलमा छन् ।