राजनीति

माओवादी केन्द्रले भन्योः सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौं

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएको छ ।

मन्त्रीहरुलाई फिर्ता बोलाएपनि नेकपा एमाले अधयक्ष केपी शर्मा आली सरकारलाई दिएको समर्थनभने कायमै रहेको जनाएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटिको बैठकले पार्टीबाट मन्त्री भएका रामबहादुर लगाएतका नेताहरुलाई फिर्ता बोलाएको छ । शुक्रबार नेकपा एमालेको केपी ओली पक्षले विस्तार गरेको केन्द्रिय कमिटीमा रहेका माओवादी तर्फका नेताहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङका अनुसार सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने र एमाले केन्द्रिय कमिटिमा समाहित भएका नेताहरुलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको हो ।