३ फागुन, काठमडौंँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे पुनः संसद बिघटन हुनसक्ने संकेत दिएका छन् । आजको राष्ट्रपति निवासमा राखिएको सर्बदलीय बैठकमा बोल्दै ११ पौषमा गरिएको संसद बिघटन ठीक भएको जिकिरसहित अझैं संसद चल्न नसकेमा आफुन पुन संसद बिघटन गरेर अगाडी बढ्नसक्ने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेता नारायणकाजी श्रेष्ठ, जनता समाजबादी दलका अध्यक्ष डा बाबुराम भट्टराई, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु उपस्थिति भए पनि नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल भने उपस्थिति भएका थिएनन् ।
राजनीतिक दलका नेताहरुसंगको छलफलका क्रममा भएको कुराकानीमा प्रधानमन्त्रीले उनले गरेको संसद बिघटनको बचाउ गर्दै आवश्यक परे पुनः बिघटन हुनसक्ने चेतावनी दिएको साँसद प्रम सुवालले बताएका छन् । प्रधानमन्त्रीले आगामाी दिनमा अस्थिरता निम्म्त्याउन खेल्ने भूमिकालाई हेरेर अगाडी बढिने जानकारी बैठकमा दिएक थिए । संसद बिघटनको आरोप लगाइएकोमा आपत्ती जनाउँदै आफूले संबिधान कार्यान्वयनका लागि सरकारले गरेको सिफारिस कार्यान्वयन मात्र गरेको बताएकी थिईन् ।





