राजनीति

‘कु’ प्रचारको भ्रममा नपरौ, आज र भोलिका एमालेका भेला रोकिएका छैनन्: सचिब भट्टराई

४ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता योगेस भट्टराईले नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुने बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल-माधव कुमार नेपाल समूहले आजदेखि दुई दिने राष्ट्रिय भेला गर्दैछ ।

सामाजिक सञ्जाल ट्वीट माफर्त  नेता भट्टराईले छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु समेत सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । उनले एमालेको ओली गुटलाई छुलिया भन्दै टिप्पणी गरेका छन् ।

उनको ट्वीटः छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।