राजनीति

१४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार दिनबाट पछि हट्दिनः नेता डा कोईराला

४ चैत्र, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले कांग्रेस निर्वाचनमुखी सरकारको पक्षमा रहेको बताएका छन् ।

प्रेस यु्नियनले आज दाङको घोराहिमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोईरालाले यस्तो बताएका हुन् ।

मुलुकको निकासका लागी अब चुनाव नै अन्तिम विकल्प भएकाले कांग्रेसले चुनावी सरकार निमार्णका लागी पहल थाल्ने जानकारी समेत दिएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कांग्रेस नभएको समेत बताएका छन् । डा. कोईरालाले पार्टीको आगामी महाधिवेशनमा आफु सभापनिको उम्मेदवार बन्ने पनि बताएका छन् ।