राजनीति

डेढ दर्जनलाई काँग्रेस प्रवेश गराउँदै नेता सिँहले भने, ‘कम्युनिष्टहरु नैतिकताबिहीन पुष्टी भए’

८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिँहले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको डिस्नरिबाट नैतिका भन्ने सब्द हराएको बताएका छन्। जनता शीत जुन् म्यान्डेट लियर आएका हुन त्यो म्यान्डेट पूरा गरन् नसके पछि अब अलि कति नैतिकता देखाईदियर राजनीति प्रतिको बिश्वास बढाउलान् कि भनेको झैन आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेको बताएका छन् ।
अहिले जेसुकै भए पनि दुई पाटिले मिलेर जनमत लिएकाले दुबै जिम्मेवार बन्नु पर्नमा दबै गयरजिमेवार बनेकाले झनै राजनीतिक अन्योलता बढेको भन्दै एउटाले संसद बिघटन जस्तो असंवैधानिक काम गर्यो अनि अर्को यस्तो असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेकोछ भन्दै राजनीति अस्थिरताको कारण दैबै पक्ष उतिकै जिम्मेवार रहेको बताएका छन् ।
कांग्रेस एक्लैको प्रयासले यो नैतिकता हिन सरकारको बिकल्प दिन नसकिने भएकाले सरकार हटाउछु भने जस्तो सजिलो नभएको अवस्था बुझ्न पनि आग्रह गरेका छन् । ओली सरकारको बहिर्गमनका लागि एकातिर नेकपा माओवादीले समर्थन फिर्ता लिन अल्मल गरिरहेकोछ भने अर्कोतिर जसपा ओली सरकारका बिषयमा प्रस्ट हुन सकिरहेको छैन भन्दै कांग्रेसले केही गर्ने भन्नू भन्दा जसपा र माओवादीलाई पहिले सरकारका बारेमा स्पष्ट हुन समेत आग्रह गरेका छन् । यी दुई दलको ओैपचारिक निर्णय लिएपछि अन्योलता चिर्न कांग्रेस तयार रहेको भन्दै कांग्रेस जस्तो सुकै जिम्मेवारी लियर परिस्थितिलाई समालेर जान तयार रहेको समेत बताएका छन् ।
जनताले पटक पटक जटिल परिस्थितिमा काम गरेर आयको महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको देसर जनताका लागि बलिदानी दिएको कांग्रेसलाई बिस्वास नगरेर कम्युनिष्टहरुलाई मत दिएकाले अहिलेको परिस्थितिमा मुलुक पुगेको समेत बताएका छन् । अवसर पाउदा काम गर्न नसकने कम्युनिष्टहरु कुरा मात्रै गर्ने काम गर्न नसक्ने रहेछन् भन्ने कुरा अब पनि भनिरहनु नपर्ने भन्दै परिस्थिति बुझेर सबैले अघि बढ्नु पर्ने बेला आएको समेत बताएका छन् । नेता सिँहले बिस्वकर्मा समाजको रास्टि«य अध्यक्ष गोपाल प्रसाद बिशोकर्मा लगायत बिस्वकर्मा समाजका डेढ दर्जन अगुवाहरुलाई आज पार्टि प्रबेस कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेस गराउदै उक्त कुरा बताएका हुन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, सांसद प्रकाश स्नेहि , संविधान सभा सदस्य दिपक कुईकेल नेपाली कांग्रेस काठमाडौका सभापति सबुझकृण बानियाँ लगायतको सभागिता रहेको थियो । कार्यक्रम नेकपा एमाले माओवाद केन्द्र परित्याग गरि १८ जना भन्दा बढी कांग्रेस प्रबेस गरेका छन् । कार्यक्रम सिँह निवास चाकसिबारि ठमेलमा भएको थियो ।